सर्लाही,चैत -३०, पूर्व प्रतिनिधि सभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य प्रमोद साहले देश विकासका लागि माओवादी केन्द्रकाे विकल्प नभएको बताएका छन् ।
जिल्लाकाे ईश्वरपुरमा नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समिति सर्लाहीले आयोजनामा गरेको शुुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य साहले यस्तो बताएका हुन ।


उनले देशमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर रातारात (माओवादी केन्द्र)को सरकार ढालेको आरोप लगाए ।
उनले अहिले काग्रेस, एमालेको सरकारले भ्रष्टाचालाई बढावा दिएको आराेप लगाए । यि दुुइ पार्टीका कारण देशमा अहिले संघियता प्रति वितृष्णा जागेको उनको आराेप छ । संघियता आउनुु देशका लागि सुखद विषय भएको बताउदै केन्द्रीय सदस्य सदस्य समेत रहेका साहाले संघियताकै कारण समग्र मधेशमा विकासले तिव्रता पाएकाे दाबी गरे ।


उनले देशमा संघियता नेकपा (माओवादी केन्द्र)ले ल्याएको दाबी गर्दै यसको रक्षा पनि नेकपा (माओवादीले केन्द्र)ले गर्ने जिकिर गरे ।


नरेश महतोको अध्यक्षता तथा प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आथित्यतामा ईश्वरपुर नगर उद्योग वाणिाज्य संघको हलमा सम्पन्न कार्यक्रममा पार्टीको मधेस प्रदेशको दल भरत प्रसाद साह स्थायी समिती सदस्य प्रल्हाद बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको उक्त पार्टीको दाबी छ ।