
लालबन्दी,पुस-१७ । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समितिका सहसचिव इन्द्र योन्जनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

बदलिँदो राजनीतिक घटनाक्रमका कारण पार्टीभित्र रहेर देश र जनताको सेवामा क्रियाशील हुन सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सहसचिव पदसहित पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएको जानकारी दिएका हुन्।

सर्लाही जिल्ला समितिका सभापतिलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा योन्जनले आजकै मितिदेखि लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको उल्लेख गरेका छन्।

उनलेे करिब आठ वर्षसम्म नेपाली कांग्रेसको राजनीतिक यात्रामा सक्रिय रहँदा जानी नजानी कुनै पनि नेता तथा कार्यकर्ताको आत्मसम्मानमा ठेस पुगेको भए क्षमायाचना समेत गरेका छन्।

लालबन्दी नगरपालिका–७ निवासी योन्जनको राजीनामालाई कांग्रेस भित्रकाे राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसबाट राजीनामा दिएका याेन्जले जेनजी आन्दोलनपछि दर्ता भएको श्रम संस्कृति पार्टीबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने संकेत गरेका छ।









