
२०८२ मंसिर ६ गते ९२२ नोभेम्बर २०२५० शनिवार,
मार्ग शुक्लपक्ष द्वितीया तिथि, १५ः१९ बजेपछि तृतीया।
ज्येष्ठा नक्षत्र, १६ः०३ बजेपछि मूल।
चन्द्रराशि वृश्चिक, १६ः०३ बजेपछि धनु।
मेष : मेष जातकका लागि आजको दिन सामान्यभन्दा चुनौतीपूर्ण देखिएको छ। दिनभरि साना समस्याले अल्झाउने तथा स्वास्थ्य पनि कमजोर रहने छ। प्रयासद्वारा नियमित काममा भने लाभ उठाउन सकिनेछ। साँझतिर अवसरवादीहरू सक्रिय हुने संकेत भए पनि सामुदायिक हितका काम अघि बढाउन अनुकूलता देखिन्छ।
वृष : वृष राशिका निम्ति आजको दिन पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो देखिएको छ। प्रियजनसँगको भेटघाट र भ्रमणको सम्भावनाले दिन रमाइलो बन्नेछ। व्यवसायमा आम्दानी बढे पनि साँझतिर काम बिग्रने भय छ। स्वास्थ्यमा विशेष ध्यान आवश्यक देखिन्छ।
मिथुन : मिथुन राशिले आज आत्मबल र प्रतिस्पर्धा दुबैमा अग्रस्थान लिन सक्नेछ। रोग–शत्रुमाथि विजय तथा स्रोतसाधन जुट्ने संकेत स्पष्ट छ। साँझपछि व्यापार–व्यवसायमा उल्लेखनीय लाभका साथै आयका नयाँ स्रोत खुल्ने छ।

कर्कट : कर्कट जातकलाई आज अलमल र स्वास्थ्य समस्याले सताउन सक्छ। अध्ययन तथा सुरु गरेका काममा अपेक्षित प्रगति नदेखिए पनि गुरु तथा सन्तानको सहयोग लाभदायी हुनेछ। साँझतिर भौतिक साधन जुट्ने र दिगो काम सुरु हुने सम्भावना छ।
सिंह : सिंह राशिका जातकले आज हतारमा निर्णय गर्न नहुने देखिन्छ। प्रक्रिया नबुझी अघि बढे काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। आफन्तसँग मनमुटाव बढ्ने तथा स्वास्थ्यमा गिरावटको सम्भावना रहेकाले सावधानी अपनाउन पर्नेछ।
कन्या : कन्या राशिका लागि आज अवसरमय दिन रहनेछ। पेसा–व्यवसायमा राम्रो फाइदा देखिए पनि साँझतिर घरायसी तनाव बढ्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्न तथा आफैँ निर्णय लिनु अनिवार्य देखिन्छ।
तुला : तुला राशिका जातकले आज अरूको मामिलामा अत्यधिक चासो नदिन सुझाइएको छ। अध्ययन तथा व्यापारमा अपेक्षाकृत फाइदा नदेखिए पनि साँझपछि परिस्थितिमा सुधार आउनेछ। उद्योग–व्यवसायमा रोकिएका काम बन्ने तथा दिगो लाभदायक जिम्मेवारी हात पर्ने संकेत छ।

वृश्चिक : वृश्चिक राशिले आज सोख र हतारका कारण समस्या भोग्नु पर्ने छ । पारिवारिक माहोल कमजोर र स्वास्थ्य प्रभावित बन्ने सम्भावना छ। साँझतिर विवादास्पद जिम्मेवारी आउन सक्ने भएकाले बोली–व्यवहार संवेदनशील बनाइराख्न पर्नेछ। खर्चमा वृद्धि देखिन्छ।
धनु : धनु राशिका लागि आज खर्च बढ्ने तर अपेक्षित प्रगति नहुने सम्भावना रहेको छ। मिहिनेतीहरूका लागि भने दिन फलदायी देखिन्छ। साँझतिर पारिवारिक भेटघाट सुखद बन्नेछ। नयाँ योजना सुरु गर्न उपयुक्त समय छ तथा मनपर्ने उपहार प्राप्त हुने संकेत छ।

मकर : मकर जातकको हातमा आज रकम आउने भए पनि संचय हुन नसक्नेछ। नयाँ आम्दानी स्रोत खोल्ने अवसर देखिन्छ। साँझतिर आर्थिक अभाव महसुस हुन सक्ने र ऋण/सरसापटको आवश्यकता पर्न सक्ने सम्भावना छ । सुरु गरेका काम रोकिने सम्भावना पनि छ।
कुम्भ : कुम्भ राशिका लागि आज उत्साहजनक समय रहनेछ। रोकिएका काम पुनः सुचारू हुनाले आत्मविश्वास बढ्नेछ। लक्ष्यप्राप्ति तथा दीर्घकालीन फाइदाका काम अघि बढ्नेछन्। साँझतिर आयका नयाँ स्रोत खुल्ने तथा कृषि–पशुपालन–व्यापारमा राम्रो लाभ हुने अनुमान छ।
मीन : मीन राशिले आज अतिरिक्त जिम्मेवारी र स्वास्थ्य समस्या दुवै भोग्नु पर्न सक्छ । आर्थिक मन्दीको संकेत भए पनि साँझतिर अवस्था सुधारतर्फ जानेछ। परिश्रमका आधारमा लोकप्रियता तथा पेसागत फाइदा दुवै बढ्नेछ।








