आज २०८२ असाेज ७ गते मंगलवार, २३ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष द्वितीया तिथि। हस्त नक्षत्र, १३ः१७ बजेपछि चित्रा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तकाे सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा चुनौती मिल्नेछ। नोकरी वा पेशामा अधि कारी वर्गहर्ग रूको सहयोग पाइएला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुनै शभु समाचार मिल्नेछ। प्रेम सम्बन्ध समु धरु रहनेछ। विद्यार्थी हरूको पढाइमाभन्दा मनाेरन्जन वा अरु काममा समय व्यतीत हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा प्रगति हुनेछ। बाेली भरमा काम सम्पादन हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रचनात्मक कार्य थालनी गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयासले स्थितिमा सुधार ल्याउनेछ। हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको करकापमा काम गर्न बाध्य भइनेछ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामले यात्राको अवसर दिलाउन सक्छ। पेसा–व्यवसायमा भने विशेष लाभ उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ।