आज २०८२ असोज ५ गते आइतवार, २१ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष औंसी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १०ः०८ बजेपछि उत्तरफाल्गुनी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामकाे नयाँ जिम्मेवारी मिल्नेछ। आफ्नो क्षमतामाथि विश्वास राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। सानो प्रयासले जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक गतिविधिहरुमा संलग्न भइएला। लगानीको लागि उपयुक्त समय रहेको छ। जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। साँझदेखि प्रतिस्पर्धीहरूले दुःख दिनेछन्। प्रतिस्पर्धीहरू जाग्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजफ्नतकाे सहयोग जुट्नाले नसोचेको लाभ उठाउन सकिनेछ। कार्यक्षेत्रमा एउटा कार्य सकेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले काममा पनि उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोखा मिल्न सक्छ सचेत रहनुहोस्। स्वास्थ्यमा खानपानलाई लिएर ध्यान दिनुहोला। व्यवहारमा सादगी र परोपकारको भावना लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन्। अर्कालाई सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेमको बन्धन कमजाेर बन्ने समय छ। उधाराे व्यापार गर्नुपर्ला। आँटेकाे यात्रा राेकिन सक्छ। काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। साँझतिर स्वास्थ्य कमजाेर बन्न सक्छ। विश्राम र आफ्नाे श्रमबाट अरूले फाइदा उठाउनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। रकम, श्रम र समय लागे पनि काम सम्पादन गर्न सकिनेछ। प्रयत्न गर्दा दिगो काम हातलागी हुन सक्छ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजनसँगको भेटघाटले साँझ रमाइलो रहनेछ।