![]()
लालबन्दी / साउन- २२,तराई क्षेत्रमा बढ्दो पानी अभाव र त्यसको असरबारे जनचेतना फैलाउने उद्देश्यले जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको प्राङ्गणमा एक दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
![]()
नेविसंघ जनज्योति बहुमुखी क्याम्पसका इकाईद्वार आयाेजित कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षकहरूकाे सहभागिता रहेको थियो। नेविसंघ जिल्ला कार्यसमिति सदस्य आदित्य महतोको अग्रसरतामा कार्यक्रम आयोजना गरिएको बताएको छ ।

कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले तराईमा भइरहेको पानीको समस्या सामाधान गर्न आवस्यक कदम चाल्नुपर्ने बताए ।
पूर्व क्याम्पस प्रमुख एवम् जलवायु समितिका उमेश तिमल्सिनाले क्याम्पसले पनि वातावरण समबन्धी कार्यक्रम निरन्तरता दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेविसंघ जनज्योति बहुमुखी इकाई सभापति निर्मल अधिकारीले जल स्रोतको संरक्षण, भू-जल व्यवस्थापन, वर्षाकाे पानी संकलनजस्ता उपायहरू अपनाउन आवश्यक रहेको बताए।

कार्यक्रममा वक्ताहरूले पानीको हाहाकारले तराई क्षेत्रका जनजीवनमा परेको असरबारे धारणा राखेका थिए। उनीहरूले खेतीपाती सँगसँगै तराईका नागरिकको लागि पिउने पानी प्राथमिक विषय बन्न पुगेको बताए ।
नेविसंघ जिल्ला कार्यसमिति सदस्य आदित्य महतोले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै , अहिले पानीको अभावले मानव जीवनलाई प्रत्यक्ष असर गरिरहेको बताएका । यो समस्या समाधान गर्न सबै तहमा चेतना फैलाउनु आवश्यक रहेको बताए।

कार्यक्रमले विद्यार्थीहरूमा पानीको संरक्षणप्रति गम्भीर सोच र जिम्मेवारीबोध गराएको आयोजकको भनाइ छ।
उक्त कार्यक्रममा स्ववियु सदस्य युनिक साह, स्ववियु सदस्य राहुल गुप्ता, स्ववियु सदस्य प्रकृति खनाल, नेविसंघ इकाई कोषाध्यक्ष सुरज भण्डारी , सह-सचीव निकेस खतिवडा लगायतका पदाधिकारीहरूकाे सहभागिता रहेको थियो ।यस्ता कार्यक्रमलाई आउदा दिनहरूम पनि निरन्तर दिइने नेविसंघ जनज्योति इकाईले जनाएको छ ।









