![]()
सर्लाही, साउन -२२, जिल्लाको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा स्कुल बसबाट लडेर एक बालकको मृत्यु भएको छ।
बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको बसबाट लडेर धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखको छोरा १३ वर्षीय फैजान शेखको मृत्यु भएको हो। फैजान सोही विद्यालको कक्षा ३ मा अध्ययनरत विद्यार्थी हुन।
![]()
प्रत्यक्षदर्शीका अनुसार फैजान गुडिरहेको बसको ढोकामा उभिइरहेका बेला अचानक लडेर घाइते भएका थिए।

घाइते भएका उनलाई तत्कालै संकटमोचन अस्पताल, बरहथवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज, वीरगञ्ज लगिएकोमा साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

घटनापछि ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी ) निरञ्जन भट्टराईको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।










