सर्लाही ,असार -‎२८,‎जिल्लाको लालबन्दीम शनिवार  भानु जयन्ती समारोह सम्‍पन्‍न भएको छ। भानु प्रतिष्ठान मधेश प्रदेशद्वारा आयोजित भानुजयन्ती समारोह भव्यतापूर्वक सम्पन्न गरिएको हो।


भानु प्रतिष्ठान मधेश प्रदेश संयोजक विवश पौडेलको अध्यक्षतामा सम्पन्‍न उक्त समारोहमा प्रमुख अतिथि लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,  विशिष्ट अतिथिम लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दिपक अधिकारी, क्याम्पस प्रमुख वीरेन्द्र चौधरी, लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्ष अच्युत अधिकारी, राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलम्‌का अध्यक्ष माधवप्रसाद खरेल रहेका थिए।


भाषा तथा साहित्यका क्षेत्रमा योगदान पुर्‍याएका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको प्रतिष्ठानका सह-संयोजक सुमन घिमिरे अग्रिमले जानकारी दिए ।


उपस्थित साहित्यकारहरूले आदिकवि भानुका बारेमा चर्चा गरेका थिए। कवि कुमार दाहाल कुसुमले भानुकृत रामायणका विभिन्‍न छन्दमा रचित श्‍लोकहरू सुनाएर कार्यक्रमलाई मनमाेहक बनाएका थिए।