सर्लाही, असार २६ — जिल्लाको ईश्वरपुर नगरपालिका–१४ स्थित हरकठवाबाट श्रीनगर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ, भने अर्को घाइते भएका छन्।
बुधवार राति १२:२० बजे ग ७ प ९४८ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको कारण आफै अनियन्त्रित भई सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


दुर्घटनामा परि मोटरसाइकल चालक राम एकवाल महतोका १९ वर्षीय छोरा विष्णु कुमार महतोको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागि लालबन्दी स्थित मोडेल अस्पताल उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको लाश पोष्टमार्टम प्रादेशिक अस्पताल मलंगवामा लगिएको मा बिहीवार मध्याह्न उनका बुवाले बुझेर लगेका प्रहरीले जनाएको छ।


उक्त मोटरसाइकलमा पछाडि सवार रहेका ऐ.ऐ. बस्ने अन्दाजी १८/१९ वर्षीय प्रशान्त महतोको पनि टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको लालबन्दी स्थित मोडेल अस्पताल लालबन्दीमा प्रारम्भिक उपचारका पछि थप उपचारका लागि वीरगञ्जस्थित बयोद्धा अस्पताल पठाइएको छ।मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी चौकी गौरीशंकरका प्रहरी निरीक्षक श्यामसुन्दर साहले जानकारी दिए।घटनाको थप अनुसन्धान भइरहेको रहेको प्रहरीले जनाएको छ।