काठमाडौँ, असार- २४, रसुवाको लेन्दे नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले  हालसम्म ७ जनाको शव फेला परेको जनाएको छ, १८ जना अझै सम्पर्कविहीन छन्। हराइरहेका व्यक्तिहरूमध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ९ जना स्थानीय रहेका छन्।


घटनापछि खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म ५५ जनाको सकुशल उद्धार गरिएको प्रहरी स्रोतले जनाएको छ। गोसाइँकुण्ड गाउँपालिका–१, २ र ३, आमाछोदिङ्मो गाउँपालिका–१, २, ४ र ५, उत्तरगया गाउँपालिका–२, ४ र ५ तथा कालिका गाउँपालिका–१ नम्बर वडामा बाढीले ठूलो क्षति पुर्‍याएकाे   छ।


बाढीका कारण नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको छ। त्यस्तै, इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ भने ७ देखि ८ वटा विद्युतीय सवारीसाधन बगाएको प्रहरीले जनाएको

साथै, रसुवा भन्सार कार्यालय र रसुवागढी जलविद्युत आयोजना (हाइड्रोपावर) को ड्याममा समेत क्षति पुगेको छ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरूको सहयोगमा उद्धार तथा खोज कार्य जारी छ।