काठमाडौँ,असार –२३, देशभर आज ३७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण साना खोला तथा नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


महाशाखाका अनुसार दार्चुला, बैतडी, अछाम, सिन्धुपाञ्चोक, दोलखा, काठमाडौँ, ललितपुर र भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको छ।


त्यस्तै, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, सङ्खुवासभा, रामेछाप र खोटाङमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।


महाशाखाले जोखिम रहेका क्षेत्रहरूमा विशेष सावधानी अपनाउन र साना खोला तथा नदीहरू नजिक जान नहुने सुझाव दिएको छ।