![]()
सर्लाही, असार -१९, जिल्लाको बसबरिया गाउँपालिका–३ कोठियारमा रहेको एक कुखुरा फार्ममा बिहीवार दिउँसो आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीयवासी आसनारायण महतोले सञ्चालन गर्दै आएको सो फार्ममा विद्युत सर्ट भएर आगलागी भएको नेपाली कांग्रेसका युवा नेता गजेन्द्र साहले जानकारी दिए । घटनामा तीन हजार तीन सय चल्ला जलेर नष्ट भएका छन्।

आगलागीबाट कुखुराका चल्ला, लत्ताकपडा, र नगदसहित २५ बढिकाे क्षति भएको फार्मका सञ्चालक आसनारायण महतोले जानकारी दिए ।
आगलागीबाट सोही फार्ममा काम गर्दै आएका बसबरिया–३ मल्दिलवाका समत सहनीका १८ वर्षीय छोरा मिथलेश सहनी घाइते भएका छन्।

उनको बरहथवा बजारस्थित ह्यापी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
आगलागी हरिवन नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।तस्बिर साैजन्य : गजेन्द्र साह









