सिन्धुली, असार- १६, मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानीबासमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।


दुर्घटनामा कमलामाई नगरपालिका–१४ चन्दनपुर निवासी अन्दाजी ३५ वर्षीय राजेन्द्र कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।


रानीबासबाट भिमानतर्फ जाँदै गरेको ज ४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बर्दिबास लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो।


दुर्घटनामा परी १४ वर्षीय करण कुमार गम्भीर घाइते भएका छन्। उनलाई जनसेवा अस्पताल बर्दिबासमा उपचार गरिरहेको प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिएका छन्।