काठमाडौँ, असार १४ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार हालै प्रकाशित नतिजामा ग्रेड प्राप्त गर्न नसकेका तथा परीक्षा दिन अनुपस्थित परीक्षार्थीले पूरक परीक्षा दिन पाउनेछन्।

परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा प्रत्येक दिन बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने जानकारी बोर्डले दिएको छ।

यस वर्षको एसईईमा कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत मात्र ग्रेडेड भएका छन्। चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईईमा कुल ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएका थिए। यस्तो छ,तालिका ️