लालबन्दी, असार- ८, सर्लाहीको लालबन्दी – १०, चन्द्रपुरमा रहेको श्री माध्यमिक विद्यालयकाे व्यवस्थापन समिति चयन गरिएको छ ।
आज विद्यालयमा बसेकाे अभिभावक भेलाले हेम बहादुर पाख्रीन (उदय) अध्यक्ष रहने गरि ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मतिले चयन गरिएको हाे । यश अघि पनि पाख्रीन अध्यक्ष रहेका थिए ।


विद्यालयको समग्र शैक्षिक, भौतिक तथा प्रशासनिक उन्नयनमा टेवा पुर्‍याउने उद्देश्यले गठन गरिएको समितिमा विभिन्न तहका प्रतिनिधिहरू समावेश गरिएको छ।


समितिका अन्य पदाधिकारीहरूमा वडा प्रतिनिधिबाट रामु तामाङ सदस्य, मोहन बहादुर पाख्रीन, मैयाँ ब्लोन, सोम कुमारी लोेप्चन, नीर सुन्दास, लील कुमार श्रेष्ठ सदस्य रहेका छन्। विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर श्रेष्ठ सदस्य–सचिव रहेका छन् ।


समितिको गठनबाट विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास लिइएको विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर श्रेष्ठ चियाेचर्चाे खबरलाई जानकारी दिए ।