लालबन्दी, असार – ७,उद्योग वाणिज्य संघ लालबन्दीका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण तथा पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ।
लालबन्दी–६ स्थित संघको आफ्नै सभा हलमा आयोजित कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यमा नवगठित कार्य समितिका पदाधिकारीहरूले शपथ लिएका हुन्।


संघको १० औँ अधिवेशन तथा साधारण सभाबाट एक साताअघि अध्यक्षमा महेशकुमार महतोसहितका पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।


समितिका अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष रामप्रसाद देवकोटा, उद्योगतर्फ उपाध्यक्ष विशाल थापा, वाणिज्यतर्फ उपाध्यक्ष राजकुमार चौधरी, महासचिव गोपालबहादुर श्रेष्ठ, कोषाध्यक्ष विक्रम खड्का, उप–महासचिव सञ्जित शंकर, सचिव कमलाकुमारी थापा तथा सह–सचिव सुधीरकुमार गुप्ता रहेका छन्।


पदस्थापन समारोहमा संघका संस्थापक अध्यक्ष देबिबन्धु थापा, पूर्व अध्यक्षहरू बाबुकाजी नुच्छे प्रधान र कल्याणकुमारी जोशी, लालबन्दी तरकारी बजारका अध्यक्ष प्रमोद थपलिया, पूर्व अध्यक्ष दरेश चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका पूर्व प्रमुख रजोस घिमिरे, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीलगायतकाे उपस्थिति रहेको थियो ।