![]()
सर्लाही,असार –६, जिल्लाको हरिवन नगरपालिकामा आज (शुक्रवार ) नियन्त्रणका लागि अन्तर्क्रिया कार्यक्रम गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हाे ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख योगेन्द्रकुमार खड्काले जिल्लामा लागुऔषध नियन्त्रणका लागि भइरहेका प्रयास, कानुनी प्रक्रिया तथा कारवाहीको अवस्थाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, विभिन्न वडाका वडाध्यक्ष तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले यसअघि लागुऔषध नियन्त्रणसम्बन्धी यस्ता कार्यक्रम बलरा नगरपालिका, ईश्वरपुर नगरपालिका र चक्रघट्टा गाउँपालिकामा पनि गरेको थियोे ।









