
सर्लाही, असार- ४, जिल्लाको बागमती नगरपालिका–३ मा आज बिहान करिब ५:३० बजे आएको तीव्र हावाहुरीले एक गोठ भत्किँदा दुईवटा भैँसीको मृत्यु भएको छ। स्थानीय जिरायत टोलका रामप्रताप रायको गोठ भत्किँदा भैँसी मरेको हो।

हावाहुरीले काठको खपडाले छाइएको गाेठमा पूर्ण रूपमा क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाइएको छ।

गोठ भित्र रहेका १३ वटा भैँसीमध्ये दुईको गाेठ भित्रै मृत्यु भएको छ ,भने दुई भैँसी सामान्य घाइते भएका छन्। बाँकी नौवटा भैँसी भने सकुशल रहेकाे छ।

प्रारम्भिक मूल्यांकन अनुसार गोठ र भैँसीसमेत गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनामा कुनै पनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।









