काठमाडौँ, असार -२ , काठमाडौँ जिल्ला अदालतले सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई गाली बेइज्जती गरेको भनिएको अडियो–भिडियो पेश गर्न आदेश दिएको छ।


परराष्ट्रमन्त्री डा. राणाले आफूलाई सांसद सिंहले गाली–बेइज्जती गरेको आरोप लगाउँदै गत फागुन १५ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्।

सोही मुद्दाअन्तर्गत अदालतले सोमबार सिंहविरुद्ध उक्त अडियो–भिडियो झिकाउन निर्देशन दिएको हो।

यसअघि अदालतले सिंहलाई आरोपसम्बन्धी अडियो–भिडियो सुनेर स्पष्टिकरण पेश गर्न आदेश दिएको थियो।