![]()
सर्लाही,जेठ-२८, सर्लाहीको लालबन्दीमा राष्ट्रिय निजी तथा आवसीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले नयाँ सदस्यता वितरण गरेको छ ।
नेशनल प्याब्सन सर्लाहीका अध्यक्ष उदय बहादुर बुदाथोकीको अध्यक्षतामा नयाँ सदस्य लिएका विद्यालयलाई भव्य समारोहबीच प्रमाणपत्र वितरण गरिएको हाे ।

आज सम्पन्न कायक्रममा सर्लाहीका १६ विद्यालयले नयाँ सदस्यता प्राप्त गरेका आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले नेसनल प्याब्सनमा आबद्ध भएको विधालय छिटै फडको हान्ने बताए ।
संघियता सुरु भएर १० वर्षमा प्रवेश गरेको छ । शिक्षाको विकास बिना देशको विकास सम्भव नहुने उनले बताए । राजनेताहरु शिक्षा प्रति गम्भीर नभएको हुदा अहिले शिक्षा प्रभावकारी नभएको केन्द्रीय अध्यक्ष न्यौपानेले आराेप लगाए ।

शिक्षामा जुन किसिमले परिवर्तन हुनुपर्ने हो त्यो किसिमले परिवर्तन नभएको केन्द्रीय अध्यक्ष न्यौपानेले बताए। डिजिटल युमा आइसक्दा पनि २०२८ को शिक्षा नियमावलीले काम गर्नु भनेको लज्जास्पद भएको र १० जना शिक्षा मन्त्री परिवर्तन हुदा पनि नयाँ शिक्षा ऐन नआउनु भनेको दुखद भएको केन्द्रीय अध्यक्ष न्यौपानेकाे भनाइ छ ।
निजी विधालयको इतिहास ५० वर्ष पुरानो भएको उनलेे बताए।उनले निजी विधालयले मुख्य चार कार्य गर्नुपर्ने हुन्छ । शिक्षाको गुणस्तर बढाउने, देश विकासको लागि काम गर्ने, निजी विधालयमा कार्यरत शिक्षकलाई बलियो बनाउने , निजी विधालयलाई बलियो, संरक्षण तथा सम्बर्द्धन गर्ने मुख्य काम रहेको र यो भन्दा बढी गर्नेलाई राजनीति गरे पुग्ने केन्द्रीय अध्यक्ष न्यौपानेले बताए।

नेसनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश चन्द्र खड्काले शिक्षाको विषय अब सदनमा पनि उठने गरेको छ । शिक्षालाई मौलिक हकको रुपमा संविधानमा राखेको छ । शिक्षालाई केन्द्रीय स्तरमा र गाउँ गाउँका छोटे राजाको अण्डरमा अब राख्न नमिल्ने महासचिव खड्काले बताए । विधार्थी डिजिटल एडिसन र ए आईको चपेटामा पर्ने गरेको उनले बताए ।
कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सदस्य सुदीप कार्कीले शुभकामना मनतव्य दिदै नव प्रवेशीलाई स्वागत समेत गरेका थिए ।
नेसनल प्याब्सन विक्रम संवत् २०५७ सालमा राष्ट्रिय निजी तथा आवसीय बिद्यालयको हक हितका लागि स्थापना भएको थियो।कार्यक्रममा पुर्व केन्द्रीय सदस्य सुरेश महतो विभिन्न विधालयका संस्थापक प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो ।









