![]()
काठमाडौँ, जेठ ३० — नेकपा (एमाले) निकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को नयाँ नेतृत्व चयन गरिएको छ। बिहिवार काठमाडौँमा सम्पन्न निर्वाचनबाट डा. सुजन कडरिया संगठनको अध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचनमा कडरियाले ७३२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पराजित गरे। यसअघि केन्द्रीय सचिव रहेका कडरिया ३२ वर्षे उमेरहदको नयाँ प्रावधानले वरिष्ठ नेताहरू बाहिरिएपछि नेतृत्वको अग्रपंक्तिमा उक्लिन सफल भएका हुन्।

नवगठित कार्यसमितिमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्ष, दीपक धामी महासचिव, र कमल जोशी उपमहासचिव पदमा निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल चयन भएका छन्।
सचिवालय सदस्यहरूमा कोशी प्रदेश: प्रवीण कार्की, रोशन लामा, पुष्पा मगर
मधेश प्रदेश: दिवस सापकोटा, कायरा पोख्रेल
बागमती प्रदेश: नविन्द्र चालिसे, भुवन मैनाली, सरस्वती थापा खड्का
उपत्यका क्षेत्र: सुनिल थापा, सुनिता घिमिरे
गण्डकी प्रदेश: किशोरचन्द्र सुवेदी, विनय पराजुली, कृति भट्टराई
लुम्बिनी प्रदेश: आर्जन रिमाल, सागर न्यौपाने, सीमा घिमिरे सचिवालय सदस्य निर्वाचित भएका छन् ।

कर्णाली प्रदेश: विराज भण्डारी, प्रतिमा खड्का क्षेत्री
सुदूरपश्चिम प्रदेश: किशोर शाह, रोशनबहादुर साउद, कल्पना तिमिल्सेना ,विश्वविद्यालय क्षेत्र: विशाल आचार्य, विशाल खड्का, बिहानी पंगेनी सम्पर्क समिति र विभाग: कविराज घिमिरे, सुस्मा शाही निर्वाचित भएका छन् ।
निर्वाचनमार्फत अनेरास्ववियूको नेतृत्वमा युवाको हस्तक्षेपसँगै संगठनले नयाँ ऊर्जा पाउने अपेक्षा गरिएको छ।









