सर्लाही,जेठ – २०, जिल्लाको  ईश्वपुर नगरपालिका -५  फुलजोर चोकमामा टिपरको ठक्करबाट  गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान मिन बहादुर दानीकाे मृत्युु भएको छ ।
मंगलवार  दिउँसो लालबन्दीबाट पुर्व तर्फ जादै  गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तर हाईवय तर्फ निस्कने क्रममा BR 01 FJ 6961 नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक दानी गम्भीर घाइते भएका थिए ।


यश अघि उनको स्थानीय ठेगान खुल्न सकेको थिएन । प्रहरीका अनुसार उनी बाजुरा बडीमालिका नगरपालिका -६ घर भई (संकेत नम्बर C-00155550, कम्प्युटर कोड नं. 488284) सशस्त्र प्रहरी गण नं. १ गुल्म नं. २ नक्साल दरबन्दी भएका सशस्त्र प्रहरी जवान हुन ।
उनी  हाल  सर्लाही मलंगवा नगरपालिका – ३ बस्ने मुस्लिम आयोगका  सदस्य मोहम्द सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।


टिपरकाे ठक्करबाट दानीको टाउको, शरीरमा गम्भीर चोट लागेकाे थियो । उनलाई लालबन्दी स्थित माेडेल अस्पतालमा प्रारम्भिक उपचार पछि  दिउँसो पाैने ३ बजेको समयमा थप उपचारको लागि वीरगंज स्थित नेशनल मेडिकल कलेज वीरंगज पठाईएकोमा LS न्यूरो अस्पताल बारामा लगी उपचार हुदै गर्दा  साँझ ५ :२० बजेको समयमा  मृत्यु भएको, लाश सोही अस्पतालमा रहेको प्रहरी जनाएको छ ।


ठक्कर दिने टिपर चालक  लालबन्दी -१७ रानशिगंजका  ३६ वर्षीय  नारायण दत श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।