![]()
सर्लाही,जेठ – २०, जिल्लाको ईश्वपुर नगरपालिका – ५ फुलजोर चोकमामा टिपरको ठक्करबाट एक जना प्रहरी जवान गम्भीर घाईते भएका छन ।

मंगलवार दिउँसो लालबन्दीबाट पुर्व तर्फ जादै गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तर हाईवय तर्फ निस्कने क्रममा BR 01 FJ 6961 नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत रहेका प्रहरी जवान अन्दाजी ३० वर्षीय मिन बहादुर दानी गम्भीर घाईते भएको छ ।

गम्भीर घाईते दानीको ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
घाईते दानीको टाउको, शरीरमा चोट लागि लालबन्दी स्थित मोडल अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने टिपर चालक लालबन्दी -१७ रानिगंजका ३६ वर्षीय नारायण दत श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।









