सर्लाही,जेठ -२०,जिल्लाकाे बरहथवा  नगरपालिका -१७  वडा कार्यालय नजिकै मंगलवार (आज) बिहानी पख अन्दाजी २:५० बजेको समयमा  माेटरसाईकल अनियन्त्रित भई पुल मुनि खस्दा एक युवाको मृत्यु भएको छ ।


ईलाका प्रहरी कार्यालय मुर्तियाका अनुसार मृत्युु हुनेमा जिल्लाकाे मलंगवा नगरपालिका -४  बस्ने कैलाश रायका छोरा अन्दाजी ३५ वर्षीय  घनश्याम राय रहेका छन् ।
बरहथवा -१७ कटानीबाट ना. ४६ प .२८२० नम्बरको माेटरसाईकलमा सवारभई कडरिया टोल तर्फ जादै गरेका राय सवार माेटरसाईकल आफैअनियन्त्रित भई पुलको दाहिने साईडबाट  २-३ मिटर तल खस्दा उनको टाउको,निधार र दुबै आखा माथि गहिरो चोट लागेको थियोे ।


गहिरो चाेट लागेका  रायलाई बरहथवा स्थित भेनस हस्पिटलमा  प्रारम्भिक उपचार पछि थपउपचारको लगी LS न्युरो अस्पताल  बारामा लगिएकोमा  उपचारको क्रममा मंगलवार (आज) बिहान  ५:५५ बजे  डक्टरले  मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।


मृतक राय सवार माेटरसाईकल  ईलाका प्रहरी कार्यालय  मुर्तियामा रहेको  प्रहरीले जनाएको छ ।