सप्तरी,बैशाख -२८,मधेस सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिका का विभिन्न योजनाहरु निरीक्षण गरेका छन् ।
उनले संघीय सरकारको योजनामा सो नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ मा भइरहेका निर्माण कार्यको अनुगमन तथा निरीक्षण गरेका हुन ।


संघीय सरकारको योजनामा सो नगरपालिकाको वडा ४ स्थित विशेश्वर बैरागी आधारभूत विद्यालयको निर्माणाधीन भवनमा भइरहेको निर्माण कार्यको आज अनुगमन तथा निरीक्षण गरिएको हाे।


त्यस्तै गृहमन्त्री लेखीले सोही नगरपालिकाको वडा नम्बर ६ मा भइरहेको आरसीसी ढलान कार्य र वडा नम्बर ७ स्थित शैलेन्द्री प्राथमिक विद्यालयको समेत अनुगमन गरेका छन् ।


अनुगमनमा सप्तकोशी नगरपालिका ६ का वडाअध्यक्ष नन्दिलाल चौधरी र वडा नम्बर ७ का वडाअध्यक्ष कुसुमलाल चौधरीसहित स्थानीयको समेत सहभागिता रहेको थियो ।