लालबन्दी, वैशाख -६ ,नेविसंघ जनज्योति क्याम्पस इकाई समितिको आयोजनामा जनज्योति बहुमुखी क्याम्पस परिसरमा वृक्षरोपण गरिएको छ ।नेपाल विद्यार्थी संघको ५६ औँ स्थापना दिवसको अवसरमा शनिवार बिहान नेविसंघ क्याम्पस इकाई समितिले वृक्षरोपण गरेको हाे ।


वृक्षरोपण कार्यक्रममा सविधानसभा सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, कांग्रेस क्षेत्र नं.१ (ख) का सभापति सीताराम दाहाल, लालबन्दी ७ का पूर्व वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने,नेपाल सांस्कृतिक संघका सर्लाही सभापति नारायण गुर्मछान, कांग्रेस नेतृ पम्फा लामा श्रेष्ठ र क्याम्पस इकाई अन्तर्गतका विद्यार्थी नेतारूकाे सहभागिता रहेको थियो ।


इकाई सभापति निर्मल अधिकारी (सफल)का अनुसार क्याम्पस परिसरमा विभिन्न फूल लगायत प्रजातिका बिरुवा रोपिएको हाे ।