

काठमाडौं,वैशाख—६, उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत वडा नं १० बुद्दनगरमा ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहित शुरू भएको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंह यस्तो बताएका हुन ।

नदी सफा गर्न सिधै ढल मिसाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले आफूले मन्त्री भएदेखिनै उपत्यकाका नदी प्रणााली स्वच्छ र सफा बनाउनुपर्नेमा जोड दिइरहेको बताए । नदिमा सिधै ढल मिसाउन रोक्नैपर्छ । सरकारले धेरै लगानी गरिसकेको छ। तर, कार्यान्वयनमा कमीकमजोरी भएको कारणले हो कि अब विगतमा भएका गल्ती सच्याउने बेला आइसकेको छ , ‘उनले भने , ‘बाग्मति, विष्णुमति, मनोहरा, धोबिखोलालगायतका उपत्यकाका नदी सफा राख्न यसवर्ष शहरी विकास मन्त्रालयले ठोस कार्यक्रम ल्याउने पनि यहाँहरूलाई जानकारी गराउँदछु ।,

उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले बुद्दनगर सफाइ अभियान चलाइरहेकोमा बधाई समेत दिए । अहिले कामनै नभएकोजस्तो गरि हल्ला गरिएकोभन्दै उनले यथार्थ के हो बुझ्नुपर्नेमा जोड दिए ।

काम नभएको होइन भएको छ । भएको कामलाई भयो भनेर कन्सिडर पनि गर्नुपर्छ, उनले भने ।








