काठमाण्डौं,वैशाख -२, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल मातृ तथा शिशु मृत्युदर घटाउन सफल भएको बताएका छन् ।
मंगलवार (आज) काठमाण्डौ स्थिति परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनको क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन ।


उनलेे नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रूपमा अघि बढ्नुपर्ने जाेड दिए। आउँदो बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्नेसमेत जानकारी दिए ।


सिमुलेसन ल्याब अस्पतालको कुपन्डोल शाखामा सञ्चालनमा ल्याइएको छ ।

मातृ शिशु स्वास्थ्य सेवा प्रदायहरूका लागि चिकित्सकीय विधिहरूको अभ्यास गर्न यो प्रयोगशालाले सहजता ल्याउने अस्पताल प्रशासनले जनाएको छ ।