सुमन घिमिरे(अग्रिम) शान्तिभूमि, लुम्बिनी,चैत्र- १६,नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा भइरहेको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज नेपाली लेखक सङ्‌घको आठौँ राष्ट्रिय अधिवेशनको उद्‌घाटन गरेका हुन्।


लुम्बिनीको शान्तिभूमिमा आयोजित राष्ट्रिय अधिवेशनलाई उद्‌घाटन गर्दै सभापति देउवाले लेखक स्वतन्त्र हुनुपर्छ र स्वतन्त्रताको वकालत गर्नुे बताए।
उक्त अधिवेशनका लागि नेपाली लेखक सङ्‌घ सर्लाहीका अध्यक्ष विवश पौडेल र सचिव सुमन घिमिरे ‘अग्रिम’ले प्रतिनिधित्व गरेका छन्।


सर्लाहीका कवि तथा नेपाली लेखक सङ्‌घका केन्द्रीय सदस्य कुमार दाहाल ‘कुसुम’ले लेखक सङ्‌घको केन्द्रीय सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन्।


सर्लाहीका गजलकार तथा लेखक सङ्‌घका केन्द्रीय सदस्य जीवन आचार्य’निश्‍चल’ले पुन: केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन्।

नयाँ नीति र नेतृत्व चयनसहित नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन भोलि सम्पन्‍न हुने छ।