सर्लाही,चैत्र- ४, नेपाली लेखक सङ्‌घ सर्लाहीको तेस्रो जिल्ला अधिवेशन जिल्लाकाे हरिवनमा आइतवार सम्पन्‍न भएको छ।
नेपाली लेखक सङ्घ सर्लाहीमा आबद्ध लेखकहरूको भेलाले ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हाे ।

लेखकहरूको भेलाले विवश पौडेल अध्यक्ष अर्जुन थापा उपाध्यक्ष, सुमन घिमिरे अग्रिम सचिव, विप्लव कार्की कोषाध्यक्ष, क्षेत्रजा दाहाल महिला सदस्य, चण्डिका मैनाली महिला सदस्य, कृष्ण समर्पण, सरोजकुमार सिंह दनुवार, सोम दियाली, मनोज बख्रेल रामदरेश महतो लगायतलाई नेपाली लेखक सङ्‌घ सर्लाहीको कार्यसमितिमा सर्वसम्मत रूपमा चयन गरेको हो।


नेपाली लेखक सङ्‌घका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य जीवन आचार्य निश्‍चलको सभापतित्वमा सम्पन्‍न  अधिवेशनमा नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा  मधेश प्रदेश कार्य समिति सदस्य सोनीकुमारी बम्जनको प्रमुख आतिथ्य तथा नेपाली लेखक सङ्‍घका केन्द्रीय सदस्य कुमार दाहाल कुसुमको विशिष्ट आतिथ्य रहेको थियो।


भेलाले चैत्र १६ र १७ गते लुम्बिनीमा हुने नेपाली लेखक सङ्घको केन्द्रीय  महाधिवेशनका लागि प्रतिनिधिसमेत छनोट गरेको छ।


अधिवेशनले  विवश पौडेल, सुमन घिमिरे अग्रिम र क्षेत्रजा दाहाललाई महाधिवेशन प्रतिनिधिका रूपमा चयन गरिएको नेपाली लेखक सङ्‌घका नव निर्वाचित अध्यक्ष विवश पौडेलले जानकारी दिए।