लालबन्दी,चैत -३, नेपाल हृदयाराेग निवारण  प्रतिष्ठा सर्लाहीले लालबन्दी नगर अस्पताललाई  एक थान इसिजी मेसिन प्रदान गरेको छ ।
नेपाल हृदयाराेग निवारण  प्रतिष्ठा सर्लाहीका बरिस्ठ सदस्य समेत रहेका स्वास्थ्यकर्मी पाण्डवराज बरालको पहलमा स्वास्थ्य सेवा विभाग केन्द्रीय मेडिकल स्टाेर पथलैया बाराद्वारा नेपाल हृदयाराेग निवारण प्रतिष्ठा सर्लाहीलाई  प्राप्त इसिजी मेसिन आज नगर अस्पताललाई हस्तान्तरण गरिएको हाे ।


झण्डै एक लाख ५० हजार मूल्य पर्ने इसिजी मेसिन प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुकाजी प्रधानले आज नगर अस्पतालमा एक कार्यक्रमकाे आयोजना गरि अस्पतालका स्त्रीरोग  विशेषज्ञ डाक्टर रामविश्वास रायलाई  हस्तान्तरण गरेका हुन ।


इसिजी मेसिन हस्तान्तरण कार्यक्रमका  सभाध्यक्ष समेत रहेका नेपाल हृदयाराेग निवारण  प्रतिष्ठा सर्लाहीकाअध्यक्ष शिव कुमार न्याैपाने पछिल्लो समय अस्पतालमा सरसफाइ  र अन्य  व्यवस्थापकीय क्षेत्रमा धेरै सुधार आएकाले बिरामीको चाप बढेको बताए । उनले समय समयमा प्रतिष्ठानले अस्पतालमा  सरसफाइका कार्यक्रम गर्दै आएको बताउँदै, इसिजी मेसिनले यश क्षेत्रका  मुटुराेगका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले  उपहार स्वरूप इसिजी मेसिन अस्पताललाई दिन पाउदा धेरै खुसि लागेकाे बताए ।


कार्यक्रममा नेपाल हृदयाराेग निवारण  प्रतिष्ठाका केन्द्रीय सदस्य बाबुकाजी प्रधान,लालबन्दी -९ का वडाध्यक्ष नारायण अधिकारी, वडा सदस्य विनोद तिमल्सिना,प्रतिष्ठानका  उपसभापति बिक्रम भण्डारी,पद्म भुवनेश्वरी नमुना वृद्धसेवाश्रमकी अध्यक्ष एवम् प्रतिष्ठानकि उपसभापति  भवानी काेईराला, प्रतिष्ठानका काेषाध्यक्ष  भिम बहादुर जर्घा,सह काेषाध्यक्ष   शालिकराम लम्साल,राधाकृष्ण  वैदिक गुरूकुलम् लालबन्दीका अध्यक्ष मधव खरेल ,डक्टर कुलभूषाण साही, अस्पताल प्रशासन  प्रमुख  एवम् जनस्वास्थ्य निरीक्षक हुमांशु शेखर कर्ण,लेखापाल रमेश पाैडेल लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा वडाध्यक्ष अधिकारीले अस्पताललाई इसिजी मेसिन प्रदान गरेको भन्दै प्रतिष्ठानका पदाधिकारीहरूलाई सादा लगाएर सम्मान गरेका थिए । कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका  उपसभापति बिक्रम भण्डारीले गरेका थिए ।