अछाम,फागुन -२६, माटोको ढिस्कोमा पुरिएर अछाममा दुई महिलाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा जिल्लाको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँको ढिस्कोमा पुरिएर सोही नगरपालिका–८ सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको मृत्यु भएको हाे ।


जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार घर लिप्न राताेमाटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।


मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको प्रहरीले जनाएको छ ।