
एसपी यादव/सर्लाही
फागुन -२३,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाखौं जनता सडकमा उतार्ने चेतावनी दिएका छन् ।

सदरमुकाम मलंगवाको कभर्ड हलमा शुक्रवार आयोजित माओवादीको “जनतासंग माओवादी तराई- मधेश जागरण अभियान” खबरदारी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त चेतावनी दिएका हुन् ।

उनले हजारौं नागरिकको सहादतबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्नेहरुको बिरुद्धमा नेकपा (माओवादी केन्द्र) सडक र सदनबाट संघर्ष गर्न तम्तयार रहेको बताउदै उनले आवश्यक परेको खण्डमा लाखौं जनता सडकमा उतार्ने चेतावनी समेत दिएका हुन ।

उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ सहित पार्टीका शिर्ष नेताहरु बिहिवार बेलुकी सर्लाही आइपुगेका थिए । अध्यक्ष ‘प्रचण्ड’ सहित पार्टीका शिर्ष नेताहरुलाई सर्लाहीमा भव्य स्वागत गरिएको थियो ।

“जनतासंग माओवादी तराई- मधेश जागरण अभियान” लिएर अध्यक्ष प्रचण्ड सहितका नेताहरु अहिले मधेश दौडाहामा छन् ।

अभियान मधेसको हुलाकी राजमार्ग हुँदै अगाडी बढिरहेको छ ।









