बैतडी, फागुन १८, बैतडीमा गोली प्रहारबाट गम्भीर घाइते चौसिलाका २२ वर्षीय युवाको मृत्यु भएको छ।

गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका–८ काउलागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हाे।

गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए।










