काठमाडौं,फागुन -१४, सामाजिक सुरक्षा कोषको संचालक समितिसदस्य,नेपाल उद्योग परिसङ्घका राष्ट्रिय परिषद् सदस्य एवम् नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य तथा संसदीय बाेर्ड सदस्य ध्रुव रिजाललाई पितृ शाेक परेको छ ।


रिजालका पिता समाजसेवी पद्मनाथ रिजालको ८४ बर्षको उमेरमा काठमाडौं मन्डिखाटर स्थित हेम्स अस्पतालमा आज दिउँसो -१२ बजे निधन भएकाे हाे ।

उहाँ पिसाब नलिकाे क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा निधन भएको हाे । उहाँको आजशै अपरान्ह पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।


स्वर्गीय पद्मनाथ रिजाल लालबन्दी नगरपालिका वडा नम्बर -५ रन्जितपुरका स्थायी वासिन्दा हुनुहुन्थ्यो । उहाँकाे राजनीति र समाजसेवासमेत ठुलो याेगदान रहेको छ ।

उहाँ तत्कालीन पञ्चायती व्यवस्थामा जब्दी गाउँ पञ्चायतका लागि २०३४ सालमा वडाध्यक्ष र २०३८ सालमा प्रधानपञ्चकाे उम्मेदवार हुनुहुन्थ्यो ।

उहाँकाे नेतृत्वमा लालबन्दी-५, रन्जितपुरमा राम मन्दिर निर्माण र संरक्षण , पुलपुलेसा,बाटाेघाटाे,बाधपैनी निर्माण र संरक्षण भएका नेपाली कांग्रेस लालबन्दी -५ का क्षेत्रीय प्रतिनिधि कमल चाैधरीले चियाेचर्चाे खबरलाई जानकारी दिनुभयो ।