सर्लाही, फागुन –९, जिल्लाको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा रहेको श्री माध्यमिक विद्यालय चन्द्रपुरलाई टेलिभिजन र वाटर डिस्पेन्सर सहयोग प्राप्त भएको छ ।
विद्यालय व्यवस्था समिति अध्यक्ष उदय पाख्रिनका अनुसार साेहि विद्यालयका भूतपूर्व विद्यार्थी ढोल सि मोक्तान, सन्जिव मोक्तान र रन्जित मोक्तानले बुवा अष्टमान र आमा धनमायाको नाममा विद्यालयलाई ३२ इन्चको टिभी र एक थान वाटर डिस्पेन्सर प्रदान गरेका हुन् ।

अध्यक्ष पाख्रिनका अनुसार प्राप्त सामग्रीको मुल्य ४४ हजार बराबर छ ।मोक्तान परिवारले आज बिहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाख्रिन, लालबन्दी १० का वडा सदस्य रामु तामाङ, प्रधानाध्यापक गोपाल श्रेष्ठ र अन्य शिक्षकको उपस्थितिमा विद्यालयलाई टिभी र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।


पूर्व विद्यार्थी ढोल सि मोक्तानले आफू पढ्दा भएको दुःख सम्झेर आफूले विद्यालयका विद्यालयलाई सहयोग गरेको बताए ।