सर्लाही,माघ-१७, जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर- १७ साहेवगञ्जमा नवनिर्मित महालक्ष्मी सिद्धपीठको प्राणप्रतिष्ठा गरिने भएको छ।
महालक्ष्मी माता सिद्धपीठ लालबन्दी -१७ का अनुसार यहीँ माघ २३ गते बुधवार गुप्त नवरात्रको शुक्लाष्टमीका दिन गुरु परम्पराका सद्‌ गुरुदेव कमल योगीबाट प्राणप्रतिष्ठा गर्न लागिएको हाे ।


सद्‌ गुरुदेव कमल योगीका अनुसार नेपालको मिथिला क्षेत्र अन्तर्गत सर्लाही जिल्लाको लालबन्दी वडा नं. १७ स्थित साहेवगञ्जमा महालक्ष्मी सिद्ध‌पीठमा भगवती महालक्ष्मी कुलदेवीको रूपमा पीठमा बिराजमान रहनुभएकाे छ,।
राजर्षि जनकको मिथिला पीत्र हो,जो परापूर्वकाल देखी नै महान उपासकहरुको उपासना स्थल रहँदै आएको थियो ,´ सद्‌गुरुदेव कमल योगीले आज पत्रकार सम्मेलन गर्दै बताउनुभयाे,।


साहेवगञ्जमा ७ फिट कद भएकी (अष्टादश भुजा -१८ हात भएकी) महालक्ष्मी माताको श्रीविग्रह स्थापित गरिएको छ। माघ २३ गते सद्‌गुरुदेव कमलयोगीबाट हुने प्राणप्रतिष्ठामा सम्पूर्ण धर्मानुरागीहरुमा माताको दर्शनसहित प्रसाद ग्रहण गरिदिन आयाेजकले अनुरोध गरेको छ ।


देवभूमि तथा पुण्यभू‌मि नेपालमा महालक्ष्मीको सबैभन्दा अग्लो कदको श्रीविग्रह शक्तिपीठ नै रहेकोले यस पीठ सर्लाहीले जिल्लाकै ज्ञान र मान बढाउने विषय भएको जयक्रिष्टर बाबुले बताए । उनका अनुसार कर्मकी देवी, भाग्यकी देवी, ऐश्वर्यकी अधिष्ठात्री महालक्ष्मीको उपासना प्रत्येक मनुष्यको लक्ष्य हुनुपर्ने छ ।