सर्लाही,माघ-१७, नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सर्लाहीको चाैथाे जिल्ला अधिवेशन शनिवार गर्ने तयारी गरिएको छ ।
बिहिवार जिल्लाकाे लालबन्दी -७ स्थित नेपाली कंग्रेस पार्टी कार्यालयमा संघका सर्लाही जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठकाे अध्यक्षतामा नेपाली कांग्रेसका नेताहरू सम्मिलित बैठकले लालबन्दी ६ मा रहेको पुरानो नगरपालिकाकाे हलमा माघ -१९ गते शनिवार बिहान ११ बजे अधिवेशन गर्ने निर्णय गरेको हाे ।


बैठक आर्थिक तथा कार्यक्रम व्यवस्थापन लगायतका बिषयमा केन्द्रित रहाेकाे थियो।
बैठकमा संविधानसभा सदस्य तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,नेपाली कांग्रेस सर्लाहीका सहसचिव इन्द्र याेन्जन,नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ (ख) का सभापति सीताराम दाहाल,लालबन्दी नगरपालिका का प्रमुख एवम् महाधिवेशन प्रतिनिधि वासुदेव अधिकारी,जिल्ला कार्यसमिति सदस्य भिम बहादुर जर्घा ,एकेन्द्र बस्नेत,हरिवन -१ का वडाध्यक्ष एवम् संघका प्रदेश सदस्य टमबहादुर तामाङ,लालबन्दी -१३ का वडाध्यक्ष शिवकृष्ण वैद्य,क्षेत्रीय प्रतिनिधि पुष्कर ढुंगेल, नारायण गुर्मछाने तरूण दलका केन्द्रीय सदस्य लाेकहरि पाैडेल लगायतका नेताहरूकाे सहभागिता रहेको थियो ।


संघको चाैथाे अधिवेशनका लागि केन्द्रले सर्लाहीमा केन्द्रीय महासचिव टाेप बहादुर मल्ललाई केन्द्रीय प्रतिनिधि ताेकेकाे संघका सर्लाही जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठ चियाेचर्चाे खबरफाई जानकारी दिए ।


अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुकासाथै केन्द्र र प्रदेश प्रदेश प्रतिनिधि चयन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।