सर्लाही, माघ-४,जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जिल्लाकाे पर्सा गाउँपालिका का चिसोबाट प्रभावित अति विपन्न गरीब , दलित परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाका अनुसार पर्सा गाउँपालिका वडा नम्बर ३ र ५ का अति विपन्न गरीब, दलित ६८ घर परिवारमा चिसोबाट जाेगाउने उद्देश्यले फाइबर सिरक वितरण गरिएको हाे।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा फाइबर वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
सिरक वितरण कार्यक्रममा प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक बिनोदराज खनाल, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, पर्सा प्रहरी चौकीका इन्चार्ज, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति यश अघि हिजो बिहिवार जिल्लाकाे विष्णु गाउँपालिका–१, मा पनि चिसो प्रभावित ६१ परिवारलाई राहतस्वरुप फाइबर सिरक वितरण गरेको थियो ।