
सर्लाही,पुस-१५ ,सशस्त्र माओवादी द्वन्दको क्रममा तत्कालीन माओवादी विद्रोही पक्षको आक्रमणमा परि २०५९ साल वैशाख २१ गते मृत्यु भएका जिल्लाको हरिवनमा सहिद सुखदेव महतो स्मृति प्रतिष्ठान गठन भएको छ ।
नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पिताम्वर महतोको अध्यक्षतामा आज साेमवार १५ सदस्यीय कार्यसमिति रहेको प्रतिष्ठान गठन गरिएको हो ।

सहिद सुखदेव महतो नेपाली काँग्रेस साविक अत्रौली गाविसको सभापति तथा नेपाल किसान संघको केन्द्रीय पार्षद थिए । बहुदल प्राप्तीपछि २०४७ सालमा भएको निर्वाचनमा उनी तत्कालीन अत्रौली गाविसको उपाध्यक्षमा निर्वाचत भएका थिए।
नेपाली काँग्रेस हरिवन २ का वडासभापति लुङ्गुदोर्जे वाईवाको अध्यक्षता तथा संविधानसभा सदस्य एवम् पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी आज प्रतिष्ठान गठन गरिएको वडाअध्यक्ष अर्जुन योन्जनले जानकारी दिए।

महतोको अध्यक्षतामा गठिन प्रतिष्ठानको उपाध्यक्षमा खुशिलाल महतो, सचिवमा डिल्ली प्रसाद मैनाली र कोषाध्यक्षमा तारा घलान चयन भएका छन् भने अन्य सदस्य चुनिएका छन् ।
कार्यक्रम नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य महिला नेतृ साेनी कुमारी बम्जन,जिल्ला उपसभापति डा.सरोज कुमार ,,महासमिति सदस्य राम प्रसाद मैनाली, कृष्ण रायमाझी, सचिव निरज कार्कीकाे विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जन, नेपाली काँग्रेस सर्लाही क्षेत्र १ (ख) का सभापति सिताराम दाहाल, नेपाली काँग्रेस हरिवनका सभापति रामशरण उप्रेती, डाेर प्रसाा भट्टराई,नरेन्द्र भट्टराई , कांग्रेस लालबन्दीमा सभापति प्रशान्त आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी, विशिष्ट अतिथी तथा अतिथि वक्ताहरुले सहिद सुखदेव महतोको योगदानको चर्चा गर्दै उनको स्मृतिमा प्रतिष्ठान गठन हुनु गौरवको विषय भएको बताएका थिए ।

वक्ताहरुले नव गठित प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
यसैबीच, तत्कालीन अत्रौली गाविसका वडाअध्यक्ष रहेका खुशिलाल महतो (जो प्रतिष्ठानका उपाध्यक्ष पनि हुन्)सहित तीन जना एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीसहित दिनेश महतो र रंजित महतो पनि नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथीसहितका अतिथीहरुले फुलमाला अबीर लगाई नेपाली काँग्रेसमा स्वागत गरेका थिए ।









