
कृष्ण प्रसाद थपलिया /सर्लाही , पुस-९, जिल्लाकाे कबिलासी नगरपालिका का प्रमुख / उपप्रमुखले आफूहरू निर्वाचित भए यता विकास निर्माणले गति लिएकाे दाबी गरेका छन् ।
मंगलवार आज नगरपालिकामा पत्रकार सम्मेलनकाे आयोजना गरेका नगर प्रमुख वह्रम देव राय र उपप्रमुख पुनम कर्णले आफूूहरु निर्वाचित भए यता सडक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेका हुन् ।

बर्थिङ सेन्टर निर्माण, नगर भित्रका ७५ प्रतिशत बाटो कालोपत्रे, विद्यालयहरुमा करौडोको भौतिक संरचना निर्माण, किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको विउँ वितरण, किसानहरुको लागि कृषि मिटरमा महसुल मिनाहा, जमुनिया रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याब संचालन, वडा नम्बर -२ मा रहेको विद्यालयमा शिशु कक्षा देखि ३ कक्षा सम्म अंग्रेजी माध्यमबाट पठन सुरु लगायतका थुप्रै बिकास निर्माणका कामहरू गरिएको नगर प्रमुख रायले पत्रकार माझ बताए ।

नगर प्रमुख रायले बिकाश निर्माण कार्यले गति लिइरहदा बिपक्षीहरू भने कसरी हुनेछन् आफुहरुको बदनाम गराउन लागिपरेको बताए । उनले कबिलासीमा अर्बौ रकमको बिकास निर्माण भइरहेकाे देखेर जनमत पार्टीका केही नेताहरूले कविलासीमा विकास नै नभएको, भ्रष्टाचार भइरहेक भनी जनप्रतिनिधिहरुलाई बदनाम गराउने कार्यमा अग्रसर भएको आराेप लगाए ।

पत्रकार सम्मेलनमा उपमेयर पुनम कर्णले नगरमा बिकाशले गति लिइरहेको भएपनि भइरहेका काम कार्वाहीकाे विषयमा आफूलाई जानकारीनै नदिने गरेको बताइन् । उनलेे आफूलाई नगर सभा पछि वास्ता गर्न छाडेको,कर्मचारीहरूले पनि सहयोग गर्न छाडेको आराेप लगाइन् ।
पत्रकार सम्मेलनमा नगरका विभिन्न वडाका वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोलगायतले नगरपालिकाले पछिल्लो २ वर्ष यता गरेका बिकास निर्माणकाे विषयमा जानकारी गराएका थिए ।









