सर्लाही,पुस-२, नेपाल मुस्लिम संघ मधेस प्रदेश समितिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
महासमिति सदस्य एवम् मुस्लिम संघका मधेस प्रदेश सभापति शेख साह दुल्लाहकाे सभापतित्वमा जिल्लाकाे लालबन्दीमा आज (मंगलवार) बसेकाे प्रदेश कार्य समिति बैठकले संघको अधिवेशन हरिपुरमा गर्ने निर्णय गरेको हाे ।
नेपाल मुस्लिम संघका जिल्ला सचिव एवम् नेविसंघ सर्लाहीका सह-सचिव शेख परवेजका अनुसार प्रदेश समिति बैंककले जिल्लाकाे हरिपुर नगरपालिका यहीँ पुस २७ गते प्रथम अधिवेशन गर्ने निर्णय गरेको छ ।
उनका अनुसार बैठकले प्रमुख अतिथि तथा केन्द्रीय प्रतिनिधि तय गर्न केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले आर्थिक व्यवस्थापन समिति,कार्यक्रम व्यवस्थापन समितिहरू बनाउने निर्णय गरेको विद्यार्थी नेता परवेजले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
बैठकमा मुस्लिम संघका केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति सदस्य तथा संघका जिल्ला सभापतिहरूकाे उपस्थिति रहेको थियो ।