काठमाडौं,पुस -२, तराई–मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष सुनिता साह (क्रान्ती) को टिमसहित नेपालका ११ जनाले ग्लोबल ह्यूमन राईट प्रोटेकशन फोरम अवार्डबाट सम्मानित भएका छन् ।
एक कार्यक्रमका बीच फाउण्डेशनकी अध्यक्ष क्रान्ति, मधेश प्रदेशका पूर्वसांसद नेत्रविक्रम साह, अनवर अलि र बाल किसुन साह, शिवनारायण मेहता, पत्रकार मिश्रिलाल मधुकर, जनकपुरधामका मेयर मनोज साह र डाक्टर उपेन्द्र साहलाई इन्टरनेशनल अवार्ड प्रदान गरिएको हो ।
यस्तै, प्रमोद शर्मा, सुनिता कलवार, उषा कुमारी साह र शोभा साहलाई फिलोपसि अवार्डबाट सम्मानित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि ग्लोबल ह्यूमन राईट प्रोटेकशन फोरम आसामका संस्था अध्यक्ष महानन्दा सरकार दत्त, भारत, ग्लोबल ह्यूमन राईट प्रोटेकशन फोरमका राष्ट्रिय कार्यकारी अध्यक्ष डॉ. काशिराम जी पैठणे, भारत बलुचीस्तान परिषदका मीर यार खान, गेलोबल ह्यूमन राईट प्रो.फोरमका कार्यकारी अध्यक्ष विनोद माककी र ग्लोबल ह्यूमन राईट प्रोटेकशन फोरम महाराष्ट्रका डेप्युटी डायरेक्टर प्रेमानंद सरकटेको उपस्थिति रहेको थियो ।