बारा,मसिंर-३०, जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागरिरहेको एक महिने गढीमाई मेला (आज) आइतवार सकिँदैछ। मेला मंसिर १ गते शुरु भएको थियो ।
हरेक पाँच वर्षको अन्तरालमा मंसिरमा लाग्ने पशुपक्षी बलिका लागि प्रसिद्ध गढीमाई मेलामा हजारौंको संख्यामा राँगा तथा बोकाको बलि दिइएको छ।


मेलाअन्तरगत मंसिर २१ देखि २५ गतेसम्म अलग-अलग पशुपक्षीको दिइएको थियो । बलिको समयमा ५ दिनसम्म महागढीमाई नगरपालिकाले नगरभित्र सार्वजानिक बिदा समेत थियो।


मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटिएम, मन्दिर वरिपरि वाईफाई, मेलास्थलको सबै नाकामा पार्किङ, ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, वारुणयन्त्र तथा भोजनलगायतको ब्यवस्था गरिएको छ।


अन्तिम दिन दर्शनार्थीको थप घुँइचो लागेको मेला मूल समितिका अध्यक्ष एवम् नगरप्रमुख उपेन्द्रप्रासद यादवले जानकारी दिए ।