
सर्लाही ,मंसिर –२९ ,नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ओमप्रकाश ठाकुर विजयी भएका छन् ।
हिजो हरिपुरस्थित रेडक्रस भवनमा सम्पन्न निर्वाचनमा ४६ मत प्राप्त गरी ठाकुर विजयी भएका हुन । ठाकुरलाई नेपाल प्रेस युनियन सर्लाही शाखाले आफ्नो उम्मेदवारकाे रूपमा अघि सारेको थियो ।
ठाकुरका प्रतिस्पर्धी रामगोविन्द यादवले १४ मत प्राप्त गरेका छन् ।उनी प्रेस मञ्चकाे तर्फबाट उम्मेदवार अध्यक्षकाे उम्मेदवार भएका थिए ।

सर्लाहीबाट नेपाल पत्रकार महासंघमा सदस्य रहेका ६२ जना सदस्यमध्ये मतदानमा ६० जना सहभागी भएका थिए । यस्तै महासंघ जिल्ला शाखाको उपाध्यक्षमा मुकेश झा ४२ मत प्राप्त गरी बिजयी हुँदा अर्का उम्मेदवार मनोजकुमार यादवले १७ मत प्राप्त गरे
यस्तै उपाध्यक्ष महिलामा बन्दना झा ३२ मत ल्याएर बिजयी भएकी छन् । झाका प्रतिद्वन्द्वी मिरा रानीले २४ मत प्राप्त गरिन् ।
त्यस्तै सचिवमा सोम दियाली ३३ मत प्राप्त गरी बिजयी हुँदा प्रतिस्पर्धी सिंहबहादुर थापाले १४ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा घनश्याम सिंह ३२ मत प्राप्त गरी निर्वाचित हुँदा कोषाध्यक्षका अर्का उम्मेदवार घनश्याम बलम्पाकीले २७ मत प्राप्त गरेका छन् ।

महासंघको केन्द्रीय परिषद् सदस्यमा सत्यप्रकाश यादव ३१ मत ल्याई बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शंकर श्रेष्ठले २९ मत प्राप्त गरेका छन् ।
नेपाल पत्रकार महासंघको सर्लाही शाखासहित प्रदेश र केन्द्रिय कार्य समितिका लागि रेडक्रस भवन हरिपुरबाटै जिल्लाका पत्रकारहरुले मत खसालेका थिए ।

महासंघको जिल्ला शाखामा यसअघि नै सह–सचिवमा जनार्जन खत्री, समावेशी सह–सचिवमा लक्ष्मण राय यादव, जिल्ला सदस्य (खुल्ला) तर्फ अमलेश शर्मा र राधेश्याम कुशवाहा, आदिवासी जनजाति सदस्यमा रीना आले, मधेशी सदस्यमा निरज कुमार यादव, दलित सदस्यमा बुद्धबहादुर विश्वकर्मा (दीपक) महिला सदस्यमा मनिषा कुमारी कुशवाहा र अन्य समावेशी सदस्यमा बच्चेलाल पण्डित निर्वाचित भएका थिए । केन्द्रीय परिषद् सदस्य (महिला) मा पुस्तिका केसी र प्रदेश परिषद् सदस्यमा प्रकाश मैनाली निर्विरोध भएका थिए ।









