काठमाडौँ,मंसिर -१८, नेपाललाई प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिन फिनको मंगलवार भएको भेटमा सिले नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका हुन्।


प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाएका छन् ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले पनि झण्डै ९ अर्बको अनुदान सहायता घोषणा भएको जानकारी दिए ।


प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। सीले समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले जानकारी दिए।