सर्लाही,मंसिर -१२, नेपाली कांग्रेसका दुई नेता आज (मंगलवार ) सर्लाही आउने भएका छ । दुईवटा छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि सर्लाही आउन लागेका हुन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल लालबन्दी र ईश्वरपुरका स्वास्थ्य संस्था उद्घाटन / निरीक्षण कार्यक्रममा सहभागी हुनेछन् । उनलेे लालबन्दीमा नगर अस्पताल डुुमडुुमेको निरीक्षण गर्ने कार्यक्रम छ ।
लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार स्वास्थ्यमन्त्री पौडेलले नगर अस्पतालको अवस्था तथा वडा नं- ६ निर्माणाधीन नगर अस्पताल अन्तर्गत ट्रमा सेन्टरको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै स्वास्थ्यमन्त्री पौडेलले ईश्वरपुर नगरपालिका -९ मा निर्मित आँखा उपचार केन्द्र भवनको उद्घाटन, वडा नं.६ स्थित नगर अस्पताल ईश्वरपुरको निरीक्षण र बजारमा निर्माण गरिएको व्यावसायिक भवनको उद्घाटन गर्ने कार्यतालिका ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुुगेन्द्र महतोले जानकारी दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि भने सर्लाही तत्कालीन बसन्तपुर गाविस अध्यक्ष स्व. लक्षमेश्वर पञ्जियारको १३ औं पुण्य तिथिमा सरिक हुने कार्यमा तय भएको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा श्रदान्जली सभा सम्पन्न हुनेछ ।
पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि मध्याह्न १२ बजे हुलाकी राजमार्गमा हुदै सर्लाहीकाे हरिपूर्वा वडा नं.-७ स्थित स्व. लक्षमेश्वर पञ्जियारको निवासमा पुग्ने नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।