
रामबाबु खड्का / सर्लाही
मंसिर(३,ज्योतिष हरिहर अधिकारी र नीता ढुङ्गाना अधिकारी अभिनित चलचित्र ‘ह्रस्व दीर्घ’ले अहिलेसम्म घरेलु बक्स अफिसमा करिब २ करोड ग्रस कलेक्सन गरेको छ।
शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन ८० लाख र शनिवार १ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको हो। ओपनिङमा केही कमजोर प्रदर्शन गरेको चलचित्रले दोस्रो दिन शनिवार सुखद डेब्यु गरेको छ ।
प्रदर्शनको दोस्रो दिन देशब्यापी २ करोड रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । काठमाडौ उपत्यका सहित देशभरका हलमा प्रदर्शन भइरहेको चलचित्र ञह्रस्व दीर्घझ शनिवारदेखि हाउसफुल देखिको छ। सर्लाही लालबन्दी ,हरिवन र वरहथवाको हलमा ७ ह्रस्व दीर्घझ हाउसफुल जस्तै देखिएका छन।

उपत्यका केही हलले अहिले पनि ´पुर्ण बहादुरको सारंगी´ र ´छक्का पञ्जा ५´ लाई शो दिएका छन। दुई चलचित्र प्रदर्शनमा आएको धेरै दिन भइसकेकाले पनि ´ह्रस्व दीर्घ ´ को व्यापार बढ्दो छ।
आजका दिनसम्म राम्रो व्यापार गरेको चलचित्र ´ह्रस्व दीर्घझ ले ´ मंसिरबाट भने निकै ठुलो प्रतिस्पर्धा गर्नुपर्ने देखिको छ। करिब ६ करोडको लगानीमा निर्माण भएको चलचित्र ´ह्रस्व दीर्घ´ लाई अबको चार दिनमा लगानी उठाउनु पर्ने ठुलो चुनौती आइपरेको छ। यहीँ रफ्तारमा चलचित्रले ग्रस कलेक्सन गरे बाँकी चार दिनको अवधिमा करिब ५ करोड भन्दा बढी कमाइ गर्न नसक्ने अनुमान गरिएको छ। ७ मंसिरबाट तीनवटा चलचित्र एकसाथ प्रदर्शनमा आउने तयारी छ।

ऋचा घिमिरे र शंकर घिमिरेको ´तेल भिसा´ घनश्याम लामिछाने निर्देशित चलचित्र ´अग्निदहन´ र बाबुसाहेब बलामी निर्देशित चलचित्र ‘देववाणी’को प्रदर्शन मिति तय भएको छ।
चलचित्र ´ह्रस्व दीर्घ´ ले अहिले देशका १५० हलमा शो पाएको छ। मंसिर ७ गतेपछि चन्द्र पन्त निर्देशित चलचित्र ´ह्रस्व दीर्घ´ ले यहीँ अवस्थामा शो पाउन नसक्ने देखिन्छ । चलचित्र ह्रस्व दीर्घ को मुख्य भुमिकामा ज्योतिष हरिहर अधिकारी , नीता ढुंगाना,प्रशान्त ताम्राकार, सञ्चिता लुइटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसी भारतीय कलाकार ब्रह्मानन्दम, अली, कबिर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा लगायतको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा धनन्जय गलानी छन ।









