काठमाण्डाै,मंसिर- २,पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । उपचारका क्रममा ८३ वर्षीय ढुंगानाको आइतवार (आज) दिउँसो २ बजे पुरानाे बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । उनको एक महिनादेखि कलेजोको उपचार भइरहेको थियो ।


वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा परिचित छन् ।
उनले २०४८ सालको आमचुनावमा काठमाण्डाै क्षेत्र नम्बर २ बाट जितेपछि सभामुख भएका थिए । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि बनेको संसदमा सभामुख बनेका ढुंगानाले पदको मर्यादा र गरिमाअनुसार काम गरेको चर्चा हुन्छ ।


ढुंगाना २०७४ सालको आमचुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भएर पराजित भएका थिए । ढुङ्गानाको भोलि अन्त्येष्टि हुने पारिवारिक स्रोतले जनाएकाे छ ।