
कपिलवस्तु, कार्तिक—५, स्रोत नखुलेको भारतीय रकम २० लाखसहित दुई जनालाई कपिलवस्तुको कृष्ण नगरबाट पक्राउ गरेको छ ।
लिङ्गेटस्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गडीहरूलाई चेकजाँच गर्दा २० लाख पचास हजार भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका जानकारी दिए ।

उनका अनुसार चेकजाँच गर्ने क्रममा यु पी ४५ ए एस ६६६३ नं गाडीमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षीय सलमान कुरेसियाको झोलाबाट ८ लाख र यु पी ४२ डी टी ५७२१ को गाडीमा सवार सोही स्थानका ३९ वर्षीय उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरिएको हो ।
रकमसहित पक्राउ परेको दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।










